काठमाडौँ, सोमबार, २२ भाद्र २०७७ । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार २ सय १८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ९ सय ७९ जनामा संक्रमण देखिएको बताउनुभयो । यससँगै कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । आज संक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १७३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३० हजार ६ सय ७७ पुगेको छ । यो ६५ प्रतिशत हो । संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना रहनुभएको छ ।

हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार १ सय ९० जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ७ सय ३९ रहेको छ । आइसियुमा १ सय ७१ जना विरामी उपचाररत हुनुहुन्छ त्यसमध्ये २० जना भेन्टिलेटरमा हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here