काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २ सय ७ जनामा संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५३ हजार १३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार १ हजार १ सय ४७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७३.८ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा १८ हजार ३ सय ४१ संक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेशनमा ७ हजार ८ सय ३३ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या १० हजार ५ सय ८ छ । अहिले क्वारेन्टाइनमा ६ हजार ३ सय ३१ रहेका छन् । आज १० हजार १९ जनाको पिसिआर परिक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ६७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here