काठमाडौँ, सोमबार, २९ भाद्र २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८ सय ७८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७० जना कोरोना संक्रमित थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५५ हजार ३ सय २९ जना पुगेको छ । आज १५ हजार ३ सय ९३ जना सक्रिय संक्रमित रहेका छन ।

साथै, पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३९ हजार ५ सय ७६ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार २ सय ७५ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ८ सय ९२ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here