काठमाडौं, शनिबार, १३ असार २०७७ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ४ लाख ९६ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ ।

वल्र्डमिटरका अनुुसार शनिवार विहान सम्म विश्वभर ९९ लाख ३ हजार ७ सय ७४ जना कोरोना संक्रमित भएका छन् । यस्तै, ५३ लाख ५७ हजार २ सय ३३ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख २७ हजार ६ सय ४० जनाको मृत्यु भएको छ भने २५ लाख ५२ हजार ९ सय ५६ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ५६ हजार १ सय ९ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ८० हजार ५४ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

साथै, इटलीमा ३४ हजार ७ सय ८, स्पेनमा २८ हजार ३ सय ३८, फ्रान्समा २९ हजार ७ सय ७८, इरानमा १० हजार २ सय ३९, बेल्जीयममा ९ हजार ७ सय ३१, जर्मनीमा ९ हजार २६, नेदरल्याण्डमा ६ हजार १ सय ३, टर्कीमा ५ हजार ६५, स्वीजरल्याण्डमा १ हजार ९ सय ६२ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ११ हजार ७ सय ५५ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने २७ जनाको मृत्यु भइसकेको छ । यस्तै, दुई हजार ६ सय ९८ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here