काठमाडौं, मंगलबार १३, जेठ २०७७ । सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिएका हुन् ।

सुर्खेतमा १२ जना र स्याङ्जामा २ जनामा कोरोना देखिएको जानकारी यसअघि नै बाहिर ल्याइएको थियो । यी दुई जिल्ला सहित थप विभिन्न जिल्लामा गरी ९० जनामा संक्रमण देखिएको हो ।

नेपालमा हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ भने १५५ जना उपचारपछि निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here