Monday, August 2, 2021
More

    गोरखाका ४ स्थानीय तहमा २२ जनामा कोरोना संक्रमण

    spot_img
    spot_img

    गोरखा, शुक्रबार, २८ जेठ २०७८ । गोरखाका बिभिन्न ४ वटा स्थानीय तहमा आज शुक्रबार थप २२ जनामा संक्रमण पुष्टी भएको छ । धार्चे गाउँपालिका, चुम नुब्री गाउँपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकामा परिक्षणका क्रममा थप २२ जनामा संक्रमण देखिएको हो । गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप २२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

    कार्यालयका अनुसार एन्टिजेन मार्फत गोरखा अस्पतालमा २ महिला र ३ जना पुरुष गरी ५ जना, धार्चे गाउँपालिकामा १ जना महिला र २ जना पुरुष गरी ३ जनामा संक्रमण पुष्टी भएको छ ।

    त्यसैगरी, एन्टिजेन परिक्षणकै क्रममा चुमनुब्री गाउँपालिकामा १ जना महिला, अजिरकोट गाउँपालिकामा १ जना महिला ६ जना पुरुष गरी ७ जना र सिरानचोक गाउँपालिकामा ३/३ जना महिला र पुरुषमा गरी ६ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

    आज संक्रमण देखिएका सबैको एन्टिजेन विधिबाट परिक्षण गरिएको हो । पिसिआर परिक्षणको भने कुनै पनि नजिता प्राप्त नभएको कार्यालयले जनाएको छ । आज संक्रमण देखिएका मध्ये ८ जना महिला र १४ जना पुरुष रहेका छन् ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    5 × two =