Monday, August 2, 2021
More

    थप एक हजार ७ सय ८२ जनामा सङ्क्रमण पुष्टि

    spot_img
    spot_img

    काठमाडौं, बिहिबार, ३१ असार २०७८ । पछिल्लो २४ घण्टामा थप एक हजार ७ सय ८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ४६३ जनाको मृत्यु भैसकेको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ५७५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    2 × five =