Thursday, September 23, 2021
More

    नेपालमा कोरोनाको डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन फेला (बिज्ञप्तिसहित)

    spot_img
    spot_img

    काठमाडौं, मंगलबार, १२ साउन २०७८ । नेपालमा कोरोनाको संक्रमणको डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन देखिएको पाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उक्त कुराको जानकारी गराएको हो । यही जेष्ठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरुबाट परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको मन्त्रालयले बताएको छ ।

    यसैगरी, तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ । पुष्टि भएका तीनवटा नयाँ उत्परिवर्तन भाइरस पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त भेरिएन्ट बढी संक्रामक देखिएकाले सबै उमेर समूहका व्यक्तिलाई असर गर्न सक्ने भन्दै सबैलाई सचेत हुन मन्त्रालयले आग्रह गरेको छ ।

    सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न भनिएको छ । उक्त नमुनाहरु विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित आइजीआइबीमा असार ३० गते परीक्षणको लागि पठाइएको थियो ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    spot_img

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    11 − 10 =

    spot_img