कतिसम्म सताएको लौ कोरोना कहर
हिडडुल गर्न काम गर्न लागेको छ रहर
दिनदिनै शुन्य बने देशको ठुला शहर
सहन नै गाह्रो हरे यो कोरोना कहर ।

छ महिना हुन लाग्यो बसिबसी खाको
नयाँ केही गरौँ भने बिघ्नबाधा आको
उधोगधन्दा कलकारख़ाना सबै भए बन्द
आर्थिक क्षेत्र धिस्रीदै छ अझै मन्द मन्द ।

पर्यटन ब्यबसाय हुने भयो धराप
देशको अर्थतनत्र पनि हुदैछ है खराब
मजदुर अनि गरीबलाई धौ धौ भाछ खान
काम गर्न जाऊ भने केही छैन कतै काम ।

सहकारी क्षेत्र पनि अस्तब्यस्त भाछ
कसो गरी अघि बढने धेरै चिन्ता लाछ
घरभित्र कोठाभित्र बन्दी बन्यो जीबन
कसोगरी सम्झाउँ हजुर मैले यो मन ।

तर, हरेश खाको छैन शुभ दिन नि आउँलान
दुःखी अनि असहयले सहयोग पनि पाउँलान
बिश्वमा नै उज्यालोको दीप पक्कै जल्छ
समयको बदलाबसंगै जीबन पक्कै चल्छ ल….

कमला खनाल
संचालक
सज्जन महिला साकोस

२०७७-०५-१२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here