देउखुरी, बुधबार, २८ जेठ २०७७ । दाङका थप सात जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार गराइ रहेका लमही नगरपालिका र घोराही उप–महानगरपालिकाका सात जना कोरोना संक्रमित निको भएका हुन् । निको हुनेमा छ जना पुरुष र एकजना महिला रहेका छन् ।

जेठ १४ गते संक्रमण पुष्टि भएका उनिहरु मंगलवार डिस्चार्ज भएका हुन् । अस्पतालमा १४ दिन बसेका उनिहरुको रिर्पोट नेगेटीभ आएपछि डिस्चार्ज गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक हेस्थ असिस्टेण्ट दोर्णबहादुर वलीले जानकारी दिनुभयो ।

यस्तै कोरोना जितेर घर फर्किनेहरुमा लमही नगरपालिका वडा नम्बर १ र ४ का २६ वर्षका दुई पुरुष, वडा नम्बर ५ का २२ वर्षिय महिला र वडा नम्बर ६ का १८ वर्षिय पुरुष र घोराही उपमहानगरपालिका वडा नम्बर १८ का २४ र २५ वर्षका दुई पुरुष, वडा नम्बर १० का ४० वर्षिय एक पुरुष रहेका छन् । यससंगै कोरोना विशेष अस्पताल बेझुण्डीमा उपचारत ३२ जना डिस्र्चाज भएका छन् भने अस्पतालमा अहिले ३७ जनाको उपचार भइरहेको छ ।

कोरोना लागेको महशुस नै भएन
अस्पतालबाट डिस्चार्ज भएकाहरुले आफहरुलाई कोरोना लागेको महशुस नै नभएको बताए । लमही नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा उनिहरुले आफुहरु सामान्य सरह महशुस गरेको भन्दै कोरोनाको भय बाट मुक्त हुन आवश्यक रहेको बताए ।

लमही नगरपालिका वडा नम्बर १ का २६ बर्षिइ पुरुषले आफुलाई क्वारेनटाइनमा रहीरहेको समयमा स्वास्थ्यकर्मीले फोन गरेर पोजेटिभ देखिएको भने पनि कत्तिपनि डर नलागेको बताउनुभयो । म भारतको हैदरबादबाट आएको हुँ, उतै भिडभाडमा कतै सङ्क्रमित भएको हुन सक्छ,तर कत्तिपनि मलाई कोरोना छ भन्ने लाग्दै लागेन,उहाँले भन्नुभयो ।

यस्तै लमही नगरपालिका वडा नम्बर ५ की २० बर्षिय महिलाले पनि आफ्ना परिवारसंगै भेटर कुरा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,परिवारसंगै बसेर कुरा गर्न पाइयो, मलाई केहि भएको जस्तो पनि लागेको थिएन, उहाँले भन्नुभयो । उहाँ भारतको दार्जलिङबाट आउनुभएको थियो । शुरुमा केही डर लागेको भएपनि वास्थ्यकर्मीहरुको कोरोना जित्न आत्मबल बलियो बनाउन आवश्यक रहेको सुझाव उहाँहरुको छ ।

यसैविच कोरोना जितेर फर्किएका चारजनालाई लमही नगरपालिकाले स्वागत गरेको छ । स्वागत गर्दै लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले लमही नगरपालिकामा सङक्रमित पहिलोपटक डिस्चार्ज हुँदा खुसी लागेको बताउनभुयो । उहाँले भन्नुभयो, यहाँहरुले कोरोना जितेर आउनु भएको छ, स्वास्थ्यकर्मीले भनेजस्तै अनुशासित पुर्वक निर्धारित समय घरमै विताउनुहोला ।’

यसैगरै लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकरज पौडेलले डिस्चार्ज भएर घर फर्कीएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, उहाँहरुलाई रिपोर्ट पोजेटिम आएपनि पहिले देखि नै लक्षण थिएन, अहिले उहाँहरुको दुई पटक पिसिआर चेक गर्दा नेगेटिभ देखिएको छ, उहाँहरु स्वच्छ हुनुहुन्छ ।’ गोरखापत्रको साथमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here