Saturday, January 16, 2021
More

    कोरोना नियन्त्रणका लागि रूसी स्पुतनिक-भि खोप दिने पहिलो अमेरिकी मुलुक बन्यो अर्जेन्टिना

    ब्युनस आयर्स, बुधबार, १५ पुस २०७७ । अर्जेन्टिनाले रूसले विकसित गरेको स्पुतनिक-भीको खोप प्रयोग गर्दै कोभिड-१९ विरुद्धको निमुलिकरण अभियान मङ्गलबार आरम्भ गरेको सरकारी अधिकारीले जनाएका छन् ।

    महामारीको बिरूद्ध यो खोप प्रयोग गर्ने यो पहिलो अमेरिकी मुलुक हो । यो खोप अभियान देशभरि एकैसाथ सुरु भएको र सुरुमा स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारी खोपको प्राथमिकतामा परेको अर्जेन्टिनाका स्वास्थ्य मन्त्री जीन्स गोन्जालेज गार्सियाले बताउनु भयो ।

    राजधानी ब्यूनस आयर्सको पोसाडास अस्पतालमा बोल्दै, “हामीले आफ्नो ख्याल राख्नु पर्ने छ । खोपको व्यापक प्रभाव हुन केही महिना लाग्नेछ ” उहाले भन्नुभयो ।

    खोपको सुरुवात फ्लाभिया लोयाकोनो नामका एक महिला चिकित्सकबाट गरिएको उहाले बताउनु भयो । अहिलेसम्म मेक्सिको, कोस्टारिका र चिलीपछि अर्जेन्टिना खोप अभियान सञ्चालन गर्ने चौथो ल्याटिन अमेरिकी देश हो ।

    कोभिड-१९ विरुद्धको रूसी उत्पादनको पहिलो तीन लाख मात्रा अर्जेन्टिनामा क्रिसमस पूर्व नै आइपुगेको थियो । उक्त खोपलाई दुई पटक लिएपछि कोभिड-१९ सङ्क्रमणको जोखिम नरहने अनुसनधानले देखाएको खोप निर्माता कम्पनीका अनुसन्धान विज्ञहरूले बताएका छन् ।

    अर्जेनिटनामा आगामी फेब्रअरीसम्ममा करिब दुई करोड खोप पुग्ने र जोखिमको प्राथमिकताका आधारमा नागरिकहरूलाई खोप दिइने मन्त्री पोसाडासले बताउनु भयो ।

    अर्जेन्टिनाले रूसी खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपनि उसले अक्सफर्ड विश्वविधालय र अस्ट्राजेनिकाले विकास गरेको खोप लिनका लागि फाइजर-बायोएनटेकसँग पनि सम्झौता गरेको छ र यसलाई देशमा ल्याउनका लागि निर्माता कम्पनीहरूसँग छलफल गरिरहेको बताइएको छ ।

    अर्जेन्टिनामा कोभिड-१९ सङ्क्रमित झण्डै ४३ हजार व्यक्तिको मृत्यु भएको छ भने करिब १६ लाख व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । एएफपी

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here