काठमाडौं, शनिबार, १० जेठ २०७७ । शनिबार बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ५ सय ४८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं; प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालत कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा थप कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा शनिबार ८:४० मा जारी सूचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार आज सम्म ७० जना कोरोना निको भएर घर फिर्ता भएका छ भने ३ जनाको उपचारको क्रममा निधन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here