गोरखा, बिहिबार, ८ असोज २०७७ । भक्तपुरमा कोरोना पोजेटिभ देखिएकी ५१ बर्षकी एक महिला भागेर गोरखाको सिरानचोक गाउँपालिका वडा न ७ खहरे झोलुङ्गेस्थित आफ्नै घरमा आइपुग्नु भएको छ ।

गत असोज ५ गते रातीराती घरमा आई होम आइसोलेशनमा बसेको स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन रामचन्द्र पाण्डेले जानकारी दिनुभयो | उनी भक्तपुरको हुकुम फर्मास्युटिकल्स औषधी कम्पनीमा काम गर्ने कर्मचारी रहेको पाइएको उहाँले बताउनु भयो ।

उहाँहरु हरियो प्लेटको स्कर्पियो रिजर्भ गरी आएको बुझिएको छ । संक्रमित आएर बसेका र परिबार बजार घुमफिर गरेकाले खहरे बजार क्षेत्रलाई सिल गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here