काठमाडौँ, बिहिबार, ४ भाद्र २०७७ । कोरोना भाइरसका ७ सय ७ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १ सय ९२ महिला र ५ सय १५ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

आज बिहिबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २ सय ६४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म १७ हजार ७ सय ६८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here