गोरखा, २४ चैत २०७६ । सिरानचोक गाउँपालिका वडा न ६ नयाँ साघु गाँखुमा सुरक्षा घेरा निर्माण गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन त्यहाँ गठित कोरोना प्रतिकार्य समितिले नयाँ साघु बजार आसपास घेराबार बनाएको हो ।

अत्यावश्यक सामाग्रीको पसल कसरी सञ्चालन गर्ने, सामान किन्न आएका उपभोक्ताहरु विच सामाजिक दुरी कायम गर्न उक्त घेराबार बनाइएको समितिका संयोजक दिपक श्रेष्ठले जानकारी दिनुभयो । ‘अत्यावश्यक सामाग्रीका पसल त खुल्लै छन्, खोल्नु पनि प¥यो त्यसलाई कसरी व्यवस्थित गर्ने भनेर हामीले छलफल गरेयौं,’ ‘निश्चित ठाउँमा उभिएर सामान किन्ने, त्यहाँ राखिएको बाकसमा पैसा खसाल्ने, हातले पैसा लेनदेन नगर्ने पनि निर्णय गरेका छौं’ उहा बताउनु भयो ।

स्थानीय जनप्रतिनिधि, समाजसेवी, वुद्धिजिवीहरुको सुझाव र प्रहरीको समन्वयमा त्यहाँका स्थानीय वीच एक मिटरको सामाजिक दुरी कायम गर्ने व्यवस्था समेत मिलाइएको छ ।

आफ्नो घर वरिपरी सरसफाई गर्ने, युवाहरुलाई हिडडुल नगर्न आग्रह गर्नेे, युवा तास खेल्न नदिने लगायतका निर्णय समेत गरिएको उहाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here