काठमाडौं, बुधबार, १० भाद्र २०७७ । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ८५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न १३ हजार २ सय ५३ जनाको प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । हालसम्म नेपालमा ६ लाख ३५ हजार २ सय ५२ जनाको पीसिआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ८ सय ८५ जनामा संक्रमण देखिएको बताउनुभयो । यससंगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यससहित डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ५ सय ४ सय पुगेको छ । होम आइसोलेसन र संस्थागत आइसोलेसनमा बस्नको संख्या १४,७३९ रहेको छ । होम आइसोलेसनमा ६ हजार २८ र संस्थागत ८ हजार ७ सय ११ जना हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here