काठमाडौं, शुक्रबार, १२ बैशाख २०७७ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ तथा ट्रयाकिङको काम थप व्यवस्थित गर्न सहजीकरण टोली गठन गरेको छ । सवै स्थानीय तहमा सहजीकरणका लागि टोली गठन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ट्रेसिङ तथा ट्रयाकिङ बालियो बनाउन स्थानीय तहलाई परिचालन गर्न टोली गठन भएको जानकारी दिनुभयो ।

स्वास्थ्य प्रवक्ता देवकोटाका अनुसार जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाका व्यक्ति, प्यारामेडिक्स वा नर्स गरी ३ सदस्यीय टोली बनाइएको छ । उहाँका अनुसार हरेक गाउँपालिकामा एउटा समूह, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा र महानगरपालिकामा ५ वटाको दरले उक्त टिम ट्रेसिङ तथा ट्रयाकिङका लागि परिचालन हुनेछ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आज भने कोरोनाको नयाँ संक्रमित थपिएका छैनन । हालसम्म कोरोना संक्रमितको संख्या ४८ रहेकोमा १० जना उपचारपछि निको भएर घर फर्किइसकेका छन । स्वास्थ्य मन्त्रालयका अनुसार अव ३८ जना कोरोना संक्रमित उपचारको क्रममा रहेका छन । ती सवै उपत्यका बाहिर रहेका छन ।

स्वास्थ्य प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म नेपालमा आरडिटी विधिबाट ३८ हजार ८९ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ४ सय ७ परीक्षणहरु भएका छन । दुवै विधिबाट ४७ हजार ४ सय ९६ वटा परीक्षणहरु भएका छन । यसैगरी आइसोलेसनमा देशभरी ८९ जना रहेका छन । जसमध्ये काठमाडौंमा ३ जना र उपत्यका बाहिर ८६ जना आइसोलेसनमा रहेका छन । यस्तै क्वारेन्टाइनमा १२ हजार ९ सय ८५ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here