काठमाडौं, बिहिबार, २९ साउन २०७७ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको हो ।

प्रदेश १ मा ८ पुरुष, प्रदेश २ मा २८ पुरुष र ११ महिला, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष ३ महिला, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्‍चिम प्रदेशमा ५ पुरुष र तीन महिलाको निधन भएको छ ।

बुधबार थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । बुधबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here