काठमाडौँ, शनिबार, १७ जेठ २०७७ । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १ सय ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या एक हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा पुरुष एक हजार २ सय ८८ र महिला १ सय १३ छन् ।

आज थप हुनेमा कपिलबस्तु १ सय १४, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४, पर्सा २, बारा १ र संखुवासभाका २ जनालाई सङ्क्रमित पुगेको छ । सङ्क्रमित जिल्ला ५३ पुगेको छ ।

त्यसैगरी, थप १३ जना डिस्चार्ज हुनुभएको हो । योसँगै निको भएर डिस्चार्ज हुने २ सय १९ पुगेको छ ।

प्रादेशिक विवरण अनुसार प्रदेश १ मा १ सय ६०, प्रदेश २ मा ५ सय ४७, बाग्मती प्रदेशमा ४५, गण्डकीमा २०, प्रदेश ५ मा ५ सय ४७, कर्णालीमा ६१ र सुदूरपश्चिममा २१ जना सङ्क्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here