काठमाडौं, आइतबार, ४ जेठ २०७७ । नेपालमा आज आईतबार राति थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा संक्रमितको संख्या २ सय ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारी अनुसार धनुकुटा निवासी ३४ वर्षीया महिला, विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन् । त्यसैगरी, प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । ति मध्ये १७ जना उपचारपछि निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here