काठमाडौं, आइतबार, १८ जेठ २०७७ । नेपालमा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो ।

आज थपिएका १ सय ६६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

नेपालमा हालसम्म संक्रमितमध्ये २ सय २० जना उपचारपछि निको भएका छन् । संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here