काठमाडौँ, शनिबार, ६ असार २०७७ । पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यससँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । झापा, सुनसरी, मोरङ, महोत्तरी, सर्लाही, बारा, बागलुङ लगायत जिल्लामा नयाँ संक्रमित भेटिएका छन् ।

साथै, पछिल्लो २४ घण्टामा १ सय ७६ जना कोरोना जितेर डिष्चार्ज भएका छन । यससँगै कोरोना जित्नेको संख्या १ हजार ५ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल ७ हजार ४ सय १६ परीक्षण भएको छ ।

हालसम्मकै एकै दिनमा सबैभन्दा धेरै गरिएको पिसिआर परीक्षण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here