काठमाडौँ, आइतबार, ४ जेठ २०७७। नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण थप १० जनामा देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ । ३६ जना निको भएका छन् भने एक जनाको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here