एजेन्सी, मंगलबार, ३० असार २०७७ । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस निर्मुल पार्ने औषधिको खोजीमा लागेका केही वैज्ञानिकहरुको ध्यान चमेरो तिर तानिएको छ । चमेरोमा भएको प्रतिरक्षा शक्तिको रहस्य पत्ता लगााउनका लागि उनीहरुका ध्यान त्यसतर्फ आकर्षित भएको हो ।

वैज्ञानिकहरुका अनुसार चमेरोमा भएको रोगप्रतिरोधी शक्ति मानिसको भन्दा धेरै गुणा बलियो हुन्छ । अमेरिकाको रोचेस्टर विश्वविद्यालयका वैज्ञानिकहरुले मानिसको इहलिला समाप्त पार्न सक्ने ईबोला, रेबिज र सार्स सीओवी–२ जस्ता जीवाणुलाई सहजै सहन सक्ने चमेरोमा निकै शक्तिशालि रोग प्रतिरोधी क्षमता भएको बताएका छन ।

उनीहरुका अनुसार यदी चमेरोमा भएको शक्तिशालि रोगप्रतिरोधी क्षमता बारे पुरा जानकारी प्राप्त गर्न सक्ने हो भने मानव समुदायलाई कोरोना भाइरस संक्रमणबाट मुक्त गराउने उपायको खोजीमा सघाउ पुग्न सक्छ । वैज्ञानिकहरुले यस बारेमा संक्षिप्त अध्ययन पनि गरेका छन ।

अध्ययन अनुसार चमेरोमा कोरोना भाइरस सहन सक्ने क्षमता भएको पुष्टि भएको छ । शरीरका कुनै पनि अंगलाई सुन्निन नदिने विशेष क्षमता भएकाले चमेरोले कोरोना भाइरसलाई सहन सकेको हो ।

शरीरका कुनै पनि अंगलाई सुन्निन नदिने चमेरोमा रहेको यहि क्षमताको प्रयोग गरी मानिसको उपचार कसरी गर्न सकिन्छ ? भन्ने प्रश्नको उत्तर खोज्न वैज्ञानिकहरु लागिपरेका हुन ।

चमेरोमा हुने रोगप्रतिरोधी क्षमता बारे अध्ययन गर्ने समुहकी सह लेखिका वेरी गोर्वुनोवाले भनिन्, ‘कोरोना भाइरसका कारण मानव शरीरका विभिन्न अंगहरु सुन्निन्छन । विषाणुका कारण उत्पन्न यो समस्यासंग मानव शरीरमा रहेको रोगप्रतिरोधी शक्तिले प्रतिकृया जनाउँदा विरामीको मृत्यु हुन्छ ।

मानव शरीरले गर्ने प्रतिकृया विषाणु विरुद्ध लड्नका लागि गरेको हुन्छ, तर त्यही प्रतिकृयाले नै मानिसको जीवन समाप्त पार्छ ।’ डेक्यानहेराल्ड डट कममा प्रकाशित समाचार अनुसार, चमेरोमा कोरोना भाइरसका कारण मृत्यु हुने अवस्था नै नहुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन ।

उसमा विशेष शक्ति हुन्छ, जसले विषाणुहरु उसको शरीरमा रहन्छ तर हानी पुर्याउन सक्दैन । किनकी चमेरोमा रहेको शक्तिले भाइरसलाई अधिक मात्रामा बढ्न दिंदैन र भारसको प्रतिरक्षा शक्तिलाई पनि कम्जोर पारिदिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here