विराटनगर, बुधबार २४ बैशाख २०७७ । कोशी अस्पताल उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जना कोरोना संक्रमितमध्ये छ जना निको भएर डिस्चार्ज भएका छन् । प्रदेश नं १ को कोशी अस्पताल उपचाररत उनीहरुको पछिल्लो तीन रिपोर्ट नेगेटिभ आएपछि बुधबार (आज) डिस्चार्ज गरिएको हो ।

यसअघि प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार बेलुका पत्रकार सम्मेलन गरी छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिएका थिए । गत वैशाख ५ र ६ गते उदयपुरको भुल्केबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको पछिल्लो तीन चरणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आज डिस्चार्ज गरिने सबै भारतीय नागरिकहरु हुन् ।

डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन्,।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोशी अस्पतालका मे सू डा. सङ्गिता मिश्राले जानकारी दिइन । डिस्चार्ज पछि उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here