May 18, 2024
राजनीति समाचार

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश

विराटनगर, सोमबार, २६ चैत्र २०८० । कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गर्नुभएको छ ।

एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठनको पहल सुरू गरेका हुन् । कोशीमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ ।

हिक्मतलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदले हस्ताक्षर गरेका छन् । कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले औपचारिक आह्वान भने गर्नुभएको छैन ।

तर मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले–माओवादीले नयाँ सरकारका लागि दाबी प्रस्तुत गरेका हुन् ।

साथै उनीहरूले विशेष अधिवेशनको माग गर्दै निवेदन समेत दर्ता गराएका छन् । एमाले- माओवादीले समर्थन फिर्ता लिएसँगै केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *