गोरखा, बिहिबार, १५ जेठ २०७७ । क्वारेण्टाइनका लागि चाहिने आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ४ बालुवाबजारमा २० बेडको क्वारेण्टाइन स्थल निर्माण गरिएको छ । स्थानीय जीवनज्योति आधारभूत विद्यालय भवनमा वडा कार्यालयको सहयोगमा उक्त क्वारेण्टाइन स्थल निर्माण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी भच्चेक उपशाखा र मुटु फाउण्डेशनले सहयोगी सामग्री वितरण गर्नु भएको छ । क्वारेण्टाइनमा प्रयोग गर्ने गरी रेडक्रस उपशाखाका अध्यक्ष कुमराज गुरुङले वडा अध्यक्ष जंगबहादुर गुरुङलाई कम्मल (ओछ्याउने) २० थान, कम्मल(ओढ्ने) १० थान, एउटा व्यक्तिका लागि आवश्यक सबै सामान रहेको सेट एउटा प्रदान गरिएको छ ।

मनोज एशोसिएशनको सहयोगमा मुटु फाउण्डेशले झुल १६ थान, सिरानी २० थान, तन्ना २० थान, कम्मल(ओढ्ने) १० थान, म्याट्रेश ३० मिटर प्रदान गरिएको मुटु फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here