February 24, 2024
प्रदेश विशेष

‘खिचडी गौँ’ यात्रा : गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म

गोरखा, आइतबार, २९ पौष २०८० । प्रसिद्ध धार्मिक तथा साँस्कृतिक महत्व बोकेको गोरखाको गोरखनाथ कालिका मन्दिरको प्रचारप्रसारका लागि आज विहान गोरखनाथ मन्दिरबाट ‘खिचडी गौँ’ यात्रा सुरु भएको छ । गोरखा जिल्लामा धार्मिक पर्यटक भित्र्याउन गोरखादेखि भारतको उत्तर प्रदेश स्थित गोरखपुरमा रहेको गोरखानाथ मन्दिरसम्म ‘खिचडी गौँ’ सुरु भएको गौमाता सेवा महासंघ गोरखाका संयोजक होमसिंह बस्न्यातले जानकारी दिनुभयो ।

‘‘माघी पर्वको अवसरमा प्राचिनकालदेखि नै गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन रहेको रहेछ, उहाँले भन्नुभयो, ‘‘गएको २० बर्षभन्दा बढी समयदेखि उक्त परम्परा रोकिएको पाइयो, हामीले हराएको संस्कृतिलाई जर्गेना गर्दै गोरखा जिल्लामा धार्मिक पर्यटक भित्र्याउनका लागि गोरखनाथ मन्दिरबाट खिचडी लगेर चढाउन यात्रा सुरु गरेका छौ ।’’

विहान गोरखनाथ मन्दिरबाट सुरु भएको ‘खिचडी गौँ’ यात्रामा एकसय ४० जनाको सहभागिता रहेको छ । ‘‘शनिबार गोरखानाथ मन्दिरबाट शुभसाईत गरेर आइतवार विहानै गोरखाबाट खिचडीसंगै बाँजागाँजा मंगलधुन स्वस्तिकवाचन सहित गोरखाबाट गोरखपुर यात्रा आरम्भ गरिएको छ, संयोजक बस्न्यातले भन्नुभयो, ‘‘गोरखपुर पुगेर त्यहाँ स्थित गोरखनाथ मन्दिरमा गोरखाबाट लगेको खिचडी चढाएर हामी गोरखा फर्कन्छौ ।’’

चामल, मासको दाल, ध्यू, नुन, बेसार लगायतका खाद्यबस्तु मिलाएर खिचडी बनाउने गरिन्छ । गोरखनाथ मन्दिरबाट प्रसादको रुपमा खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रहममूर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको बताइन्छ ।

‘‘धार्मिक हिसावले दुवै ठाउँमा रहेको गोरखनाथको महत्व उस्तै छ, संयोजक बस्न्यातले भन्नुभयो, ‘‘धार्मिक दृष्टिकोण दुवै ठाँउलाई जोड्नसके र त्यहाँका झण्डै २४ करोड जनतालाई गोरखाको गोरखानाथसँगको सम्बन्धको बारेमा जानकारी गराउन सके त्यहाँका धार्मिक पर्यटकहरुलाई गोरखा ल्याउन सकिन्छ भन्ने पनि हाम्रो उद्देस्य हो ।’’

बीस बर्षअघिसम्म गोरखाबाट गोरखपुर स्थित गोरखनाथ मन्दिरमा खिचडी पुग्ने गरेको भएपनि अहिले उक्त परम्परा रोकिएको बस्नेतको भनाई छ । गोरखाको गोरखनाथबाट खिचडी पठाउन छोडेपछि गोरखापुरको गोरखनाथमा नेपाली भूमिबाट थोरै चामल, ध्यू, नुन, मासको दाल, बेसार लगायतका खाद्यबस्तु लगेर गोरखाको गोरखनाथबाट ल्याएको सम्झिएर चढाउने गरिन्छ ।

यो यात्राले दुई देशविचको परम्परागत धार्मिक तथा सांस्कृतिक परम्पराको जगर्ने गर्न सुरु गर्नुका साथै गोरखामा धार्मिक पर्यटन भित्र्याउन महत्वपूर्ण टेवा पुग्ने विश्वास समेत लिइएको छ । खिचडी पु¥याउने परम्पराको पुनः थालनी गरेसंगै उत्तर प्रदेश र गोरखा बिचको धार्मिक सम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखा जिल्ला भित्रका लाखौ धार्मिक पर्यटक समेत भित्र्याउन सकिने संयोजक बस्न्यातले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *