पोखरा, शनिबार, १० साउन २०७७ । “आफ्नोपन आफ्नै पहिचान, सवाल नेपाल हाम्रो अभियान” भन्ने मूल नाराका साथ सञ्चालित सामुदायिक गोर्खाली रेडियो १०६ मेगाहर्ज पोखराकी स्टेशन म्यानेजर खिमा गुरुङ पतंजली योग समिति कास्कीको मिडिया प्रभारी तथा संचार मन्त्रीमा चयन हुनुभएको छ ।

पतंजली योग समिति गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति, महिला समिति, युवा समिति र नगर समितिको निर्णय अनुसार गोर्खाली रेडियो १०६ मेगाहर्जकी स्टेशन म्यानेजर गुरुङलाई मिडिया प्रभारी तथा संचार मन्त्रीका रुपमा नियुक्त गरिएको हो ।

गुरुङ नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेश संगठन सचिव, तमु (गुरुङ) संचारकर्मी संघ नेपालका केन्द्रिय सदस्य र तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका प्रचार सचिवसंगै विभिन्न संचार माध्यमहरुमा र विभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध हुनुहुन्छ ।

संचारमाध्यम मार्फत योग तथा यस संग सम्बन्धित गतिविधिको प्रचार-प्रसारमा गुरुङले आफुलाई दिइएको जिम्मेवारीको पूर्ण रुपमा सफल बनाउन पहल गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here