Monday, August 2, 2021
More

    नेयमारको गोलमा ब्राजिल अपराजित

    spot_img
    spot_img

    काठमाडौँ, बुधबार, २६ जेठ २०७८ । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार छैटौँ जित दर्ता गरेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई २-०को जित निकालेको हो ।

    ब्राजिलको जितमा नेयमार र लुकास प्याक्वेटाले समान एक-एक गोल गरे । खेलको चौथो मिनेटमा नै गोल गर्दै नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा प्याक्वेटाले गोल गर्दै ब्राजिललाई २-०को जित सुनिश्चित गरे ।

    जितपछि दक्षिण अमेरिकी छनोटका शीर्षस्थानमा रहेको ब्राजिलको ६ खेलबाट १८ अंक पुगेको छ । पराजित पाराग्वे ७ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    ten − 6 =