गोरखा १५, जेठ । गोरखा जिल्लामा गएको २१ दिनमा भारतबाट ६० जना गोरखा जिल्ला भित्रिएका छन् । कोरोना संक्रमणको महामारीमा गुज्रीएको भारतबाट रोजगारी लगायत अन्य कामका शिलसिलामा गएकाहरु लकडाउनकै अबधीमा जिल्ला फर्किएका हुन् । गोरखाका स्थानीय तहले भारतीय सिमामा अलपत्र परेका आफ्ना गाउँपालिकाबासीलाई ल्याउन सुरु गरेपछि भारतमा रोजगारीमा गएकाहरु धमाधम गोरखा फर्कन शुरु गरेका छन् ।

लकडाउन बढ्दै जाँदा भारत र सिमावर्ती जिल्लामा पालिका भित्रका नगारिक अलपत्र परेको गुनासो आउन थालेपछि गोरखाका स्थानीय तहले उद्वारको काम सुरु गरेका हुन् । गोरखा जिल्लाका स्थानीय तहहरुले उद्धारको नै खडा गरि अलपत्र परेका जिल्लाबासी नागरिकहरुको उद्धारको काम थालेका छन् ।

आफुखुसी आएकाहरुलाई गोरखा प्रवेशको मूख्य नाका गोरखा नगरपालिकाको मझुवा देउरालीमा रोकेर क्वारेन्टिनमा पठाउने गरिएको छ भने सम्पर्कमा आएकहरुलाई उद्धार गरी देउरालीमा रहेको गोरखकाली रवर उद्योगको निवासमा राखी सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने निर्णय भएको छ । । क्वारेन्टिनमा रहेकाहरुको कोरोना परीक्षण गरेर मात्रै घर पठाउने गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले जानकारी दिनुभयो ।

क्वारेन्टिनमा बसेर घर फर्किएकाहरुलाई एक साता ‘होम क्वारेन्टिन’ मा बस्न भनिएको छ । उता भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टी भएकोे छ । केही दिन अगाडी मात्र भारतको विभिन्न स्थानबाट आएका मध्ये ६ जनामा कोरोना देखिएको हो । बडीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४ जनाको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बिज्ञप्ती मार्फत संक्रमणको पुष्टी गर्नुभएको हो । बागलुङमा पछिल्लो समय करीब चार सय जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here