पोखरा, शुक्रबार, ५ असार २०७७ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान कास्कीमा ६ सहित गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।

नवलपुरमा २ जना, बागलुङमा १४ जना, कास्कीको पोखरा महानगर र रुपा गाँउपालिकामा गरी ६ जना, स्याङ्जामा २ जना संक्रमित थपिएका छन् ।

संक्रमण देखिनेमा नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका २, बागलुङको गलकोट नगरपालिकाका ८, काठखोला गाउँपालिकाका ६, कास्कीको पोखरा महानगरपालिकाका ५ र रुपा गाउँपालिकाका १ तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १ जना छन् । स्याङ्जाका अर्का संक्रमितको भने ठेगाना नखुलेको निर्देशनालयले जनाएको छ ।

आज थपिने संक्रमितमा २० पुरुष र ४ महिला रहेको स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो । थपिएका सबैजना भारतबाट फर्किएको र सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा छन् । सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

शुक्रबार बिहानसम्म प्रदेशभर २२ जना निको भएर घर फर्केका छन् भने १ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here