पोखरा, सोमबार, २६ जेठ २०७७ । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि गरिएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै थप पाँच जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), गैडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ३३ र ३९ वर्षका दुई जना पुरुष तथा सोहि जिल्लाको कावासोती नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २१ र ४० का वर्षका २ जना पुरुष र ६३ वर्षीया महिला गरी थप पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाइएको छ ।

उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here