पोखरा, बिहिबार, २२ जेठ २०७७ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ ।

बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङ जिल्ला, वडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङ जिल्ला, गल्कोट नगरपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २०, २२ र २३ का ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ |

स्याङ्जा जिल्ला, कालीगण्डकी गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १८ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ |

पर्बत जिल्ला, फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २१ र २१ का २ जना पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २४ र २८ का २ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ |

म्याग्दी जिल्ला, मंगला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ। उहाँहरु सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ |

यी सबै संक्रमितलाई अहिले सम्बन्धित अस्पतालको आईसोलेसनमा लैजाने तयारी भइरहको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here