तनहुँ, शुक्रबार, २३ जेठ २०७७ । तनहुँका दुईजना पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

जिल्लाको ऋषिङ गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३९ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पोखरा स्थित गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उनीहरु दुवैजना ऋषिङकै हुन् ।

पोजेटिभ देखिएका दुवैजनालाई तनहुँको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here