पोखरा, बिहिबार, २५ असार २०७७ । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा गरिएको परीक्षणबाट थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तनहुँमा १ जना, म्याग्दीमा २ जना, बाग्लुङमा २ जना, नवलपरासी पूर्व ४ जना, लमजुङमा ५ जना, गोरखामा २ जना र कास्कीमा ४ जना रहेका छन् ।

साथै, नवलपरासी बर्दाघाट सुस्तापूर्वका चारजना पुरुष, बागलुङ काठेखोलाका दुईजना पुरुष, म्याग्दीको बेनी र मंगलाका दुईजना पुरुष र तनहुँ सुक्लागण्डकीका एकजना पुरुष रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here