पोखरा, शुक्रबार, ३० जेठ २०७७ । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार शुक्रबार कोरोना संक्रमण देखिएकामध्ये सबैभन्दा बढि स्याङ्जाको २२ जना त्यसैगरी पर्वतका १३ जना र नवलपुरका १ जना र तनहुँको १ जना रहेका छन् । गण्डकीका ११ जिल्ला मध्ये ९ जिल्लाका संक्रमित छन् । मनाङ र मुस्ताङ भने संक्रमित छैनन् ।

१ सय ८८ जना संक्रमित मध्ये कुन जिल्लामा कति ?

स्याङजामा ६० जना
बाग्लुङमा ४० जना
नवलपुरमा ३८ जना
पर्वतमा २२ जना
गोरखामा १५ जना
कास्की ५ जना
तनहुँमा ४ जना
म्याग्दीमा ३ जना
लमजुङमा १ जना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here