कास्की, शनिबार, १३ असार २०७७ । गण्डकी प्रदेशमा कोरोना भाइरसको थप १६ नयाँ संक्रमित भेटिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार ५ बजेर २५ मिनेट जाँदा प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिएको हो ।

यससँगै प्रदेशमा कूल संक्रमितको संख्या ८ सय ५४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारीअनुसार पोखरा महानगरपालिकामा ५ महिला, नवलपुरको देवचुली नगरपालिकामा ३ महिला, ३ पुरुषसहित ६ नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी, स्याङ्जाको भीरकोट गाउँपालिकामा २ पुरुष र गल्याङमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।

नयाँ पुष्टि भएका संक्रमितको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here