गोरखा, शनिबार, २४ जेठ २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा न ६ र ७ का बासिन्दालाई सुनौली बोडरबाट उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखा, भिमसेन थापा गाउँपालिका, सम्बन्धित वडा कार्यालय, रबिन आले मगर र चण्डिका पाण्डेको सहायताबाट भिमसेन थापा गाउँपालिकाका ३४ जनालाई सुलौली बोडरबाट उद्धार गरिएको चण्डिका पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय गोरखा र उद्धार कार्यमा सहयोग गर्नु हुने सबैमा धन्यबाद दिनु हुदै उहाँले बिश्वब्यापी माहामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको आजको जटिल परिस्थितिको सामना गर्न गाउँपालिका भित्र नै संक्रमणको जोखिम फैलन सक्ने खतरालाई ध्यान दिइ सबै सचेत भई सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभयो । साथै, ३४ जनाको आरडिटी र पिसिआर दुवै परिक्षण नगरिएको उहाँले बताउनु भयो ।

उहाँहरुलाई नव जागृती मा बि मा रहेको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ । बिदेश तथा अन्य कुनै ठाउँबाट फर्किएर आउँदा सबैको स्वास्थ्य परिक्षण गराएर मात्र प्रबेश गराउन आवश्यक रहेको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here