काठमाडौँ, सोमबार, १ भाद्र २०७७ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च, नेपाल (भिटोफ) को चौबिसौँ वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित गरिएको छ ।

समितिको आज बसेको ४० औं वैठकको निर्णय अनुसार यहि  भदौ १५ गतेका दिन तदनुसार Aug 31St, मा हुने मिति तय गरिएको चौबिसौँ वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित गरिएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालकी महासचिव जस्फा पाण्डेले जानकारी दिनुभयो ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को कारण आजको जटिल परिस्थितिमा नेपाल सरकारले भेला, सभा, सम्मेलन गर्न रोक लगाएको हुनाले सस्थाको साधारण सभा तथा निर्वाचन  प्रकृया हालको लागि स्थगित गरिएको महासचिव जस्फा पाण्डेले बताउनु भयो । 

साथै, उहाँले परिस्थिति सहज भईसकेपछि अर्को सूचना प्रकाशित गरी साधारण सभाको अर्को मिति प्रकाशित गरिने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here