लुलाे कमजाेरलाई नै दाैडिन हतार हुन्छ
गाेडा नचल्दा जसाेतसाे लाैरी सार हुन्छ।
उनी बनि गरेका कनिका बेच्छु भन्छिन
यहाँ त सुन चाँदीकाे मात्र व्यापार हुन्छ
हिडन जानेन भने ठेस पनि त्यँहि लाग्छ
मायाले दिनु पर्छ ढुङ्गापनि उपहार हुन्छ
नमिठाे वाेलेर सधै नसताउनुस् मलाई
मिठाे वचन पनि बाच्ने आ धार हुन्छ
कल्पना गैरे
शुक्लागण्डकी
२०७७ साल माघ २३ गते शुक्रबार