December 11, 2023
गोदावरी

गाेदावरी १४ नं वडा क्षेत्रभित्र सामाजिक सुरक्षा भत्ता बितरण गरिने

गोदावरी, सोमबार, ४ मङ्सिर २०८० । गाेदावरी नगरपालिका वडा नं १४ क्षेत्रभित्र सामाजिक सुरक्षा भत्ता बितरण गरिने भएको छ ।

१४ नं वडाका जेष्ठ नागरिक, बालबालिका, जेष्ठ दलित, पूर्ण तथा आंशिक अपाङ्गता, अविवाहित एकल महिला, असाहय विधुवा महिला तथा ५ वर्ष मुनिका दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता मङ्सिर १० र ११ गते अनिवार्य रुपमा उपस्थिति भएर भत्ता लिन वडा अध्यक्ष निरोज बज्राचार्यले आग्रह गर्नुभयो । साथै, उहाँले भत्ता बुझन आउँदा परिचय पत्र, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएर आउन आग्रह समेत गर्नुभयो ।

आ व २०८०/ ०८१ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा (साउनदेखि असोजसम्म ) तीन महिनाको भत्ता वितरण गरिनेछ । मङ्सिर १० गते आइतबार बाडेगाउँका नागरिकका लागि बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म सामाजिक सुरक्षा भत्ता बितरण वडा कार्यालयमा गरिनेछ ।

त्यसैगरी, मङ्सिर ११ गते सोमबार ठैवका लागि बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म सामाजिक सुरक्षा भत्ता वडा कार्यालयमा बितरण गरिनेछ ।

साथै, छुटफुट भएको खण्डमा मङ्सिर १३ गते मंगलबारका दिन बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म भत्ता वितरण कार्य गरिने वडा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *