गोरखा, सोमबार, ५ असोज २०७७ । गोरखाबाट गिता कुवँर बचाउ अभियान केहि समय अधिदेखि सुरू गरिएको छ । पालुङटार नगरपालिका वडा नं ७ निवासी २४ बर्षिया गिता कुवँरको दुबै मिर्गौलामा समस्य उत्पन्न भएपछी शहिद धर्मभक्त राष्ट्रिय प्रत्याराेपण केन्द्र भक्तपुरमा उपचारत हुनुहुन्छ ।

पारिवारिक आर्थिक अवस्था कम्जोर भएको हुनाले छोरीको उपचारको लागि सहयोग जुटाउन सम्पूर्ण सहयोगी मनहरूलाई उहाँकी आमाले आग्रह गर्नु भएको छ ।

गिता कुवँरको परिवारसहित सम्पूर्ण समाजसेवीहरू हाल सहयोगका लागि जुटेका छन् । समाचार प्रकाशित भएपछि सहयोगी हातहरु बढ्न थालेको नबिन खत्रीले जानकारी दिनुभयो । विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको कारणले आफ्नो खाना खर्च बचाएर सहयोग गर्नु भएका सहयोगी मनप्रति उहाँले धन्यबाद ब्यक्त गर्नु भयो ।

सोही अनुरुप जिल्ला समन्वय समिति सदस्य, नेपाली कांग्रेस गोरखाको क्षेत्रिय सदस्य इन्द्र गुरुङले आफ्नो जन्मदिनको अवसरमा रु ५०१०। – अक्षरुपी पाँच हजार दस रुपियाँ सहयोग गर्नु भएको छ ।

सहयोगका लागि सम्पर्क फोन नम्बर : 9806798433 9804139357 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here