सीमा पुरी

मेरो तारीफ नगर कहि कतै तिमी
म बाचुन्जेल नगर, कतै नगर ।

म मरेको त्यो पल तिमी, अह कत्ति पनि
मलामीको सामु मलिन नबन्नु
मेरो चिता सामु कतै नगर्नु कुनै हिसाब किताब
गुनासो न त मेरो तारीफ न त लान्छना ।

समय रहदै आउँ सामु र भन
गल्ती र कमजोरीहरु के कति लेखिए ?

कायरले झै पर बसेर समय खेर नफाल
मेरा कुरा गरेर आफुलाई हलुँगो नबनाउँ
आउ बस मेरै समिपमा ।

अनि खोल गुनासाका बन्द तमाम खामहरु
जहाँ मेरा लागि समय खेर फाली लेखिए
मेरा दैनिकी, मेरा निजी प्रहर
ब्यर्थै हुलाकी नखोज अब मात्र
गुनासोका खामहरु पास गर्नका लागि ।

आउँ सफा मन बनाएर मेरो सामु
नियालेर हेर, मेरो मन भित्र
अनि खोल अबिस्वासका बन्द खामहरु ।

झोला भरियो गुनासोको बन्द खामले
भारी तिमी बोक्दै छौ
झन्झट तिमिले बटुल्दै छौं ।

आउँ अब त दिल खुला गरेर
खोजौ संगै एउटा शितल चौतारी
खोल तिमी अब त लान्छनाका बन्द खामहरु ।

मलाई त केही फरक पर्दैन
तिमी बन्द खाम बोकेर हिड या फाल
मैले तिमिलाई हेर्ने दृस्टी कहिले फेरीदैन
तिमी खाम खोल या बन्द गर ।

मलाई आकलन छ तिम्रो बन्द खामभरी
कति, के कस्ता गुनासोहरु छन
त्यसको अर्थ तिम्रो र मेरो बुझाईमा फरक पर्छ ।

तिमिलाई म प्रतिको गुनासोले गलाउँला
तर, मलाई त्यसको प्रहारले ढलाउन सक्दैन
यहि फरक छ तिमी र म मा ।

म चाहन्छु तिमी मलाई गलत साबित गर
बन्द खाम बोक्न छोडेर आउँ
मेरो मन झाकेर हेर त्यहाँ कति छ
तिमी प्रतिको आशा भरोसा अनि बिश्वास
छोड बेमौसमी सहाराको साथ अब
समाउँ आफ्नै बिश्वासको हात ।

नबन तिमी अरुको गोटिको चाल
आफ्नै अस्तित्वको सहारामा
लेख नयाँ आयाम ।

अनि खोल मनभित्रको गुनासो
र फालीदेउ बन्द खामहरु
बिदा देउ हुलाकीहरुलाई
आउ नजिक, बस समिपै
र भन मेरा कमि कमजोरी
स्वीकार हुने छ सहजै मलाई ।


२०७७ साल असार ६ गते शनिबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here