मनोरञ्जन

गुरुङ संस्कृतिमा आधारित ‘नैना’ को भाद्र २५ गते आँबुखैरेनीमा प्रदर्शन

काठमाडौँ, सोमबार, २० भाद्र २०७९ । राष्ट्रिय नाँचघरमा विशेष प्रदर्शन समापन भएसंगै ‘नैना’ को बिशेष प्रदर्शन तनहुँको आँबुखैरेनीमा हुने भएको छ ।

गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘नैना’ तनहुँ राेयल्स हाेम आँबुखैरेनीमा यही भाद्र २५ गते शनिबारका दिन दिउँसो २:३० बजे हुने भएको छ । दीप गुरुङको निर्देशनमा बनेको फिल्ममा गुरुङ संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ ।

दीप गुरुङ, सुकमान गुरुङ र एलिना गुरुङको निर्माणमा बनेको फिल्मको कथा जनक गुरुङले लेखेका हुन् । सुरज गुरुङ, आनन्द गुरुङ, लक्ष्मी गुरुङ, सीता गुरुङ, सुकमान गुरुङ, एलिना गुरुङ, कुमार समरी घले, टेकबहादुर गुरुङलगायतका कलाकारको अभिनय फिल्ममा छ ।

मधुर बस्नेतको छायांकन रहेको फिल्ममा मेकबहादुर थापाको सम्पादन छ । फिल्ममा पवन रानाको संगीत, जितेन्द्र क्षेत्रीको शब्द छ ।

राष्ट्रिय नाँचघर जमलमा भाद्र १८ गते शनिबारका दिन बिशेष प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.