Saturday, March 6, 2021
More

    गोंगबुबाट पक्राउ परे विनयजंग

    काठमाडौं, मंगलबार, ४ फागुन २०७७ । नग्न तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिने विनयजंग बस्नेतलाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ ।

    आफूलाई धम्की दिएको दिएको भन्दै बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंगविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा अस्ति (आइतबार) जाहेरी दिएकी थिइन् ।

    बस्नेतले सपना रोका मगरका नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की युट्युबमार्फत दिएपछि उजुरी आएको र आज (मंगलबार) पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

    एसएसपी सिंहका अनुसार बस्नेतविरुद्ध अभद्र व्यवहारमा पुर्जी दिइएको छ । सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आएका थिए ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here