काठमाडौं, मंगलबार, २७ साउन २०७७ । साउन २५ गते काठमाडौँको गोंगबुमा भेटिएको कृष्णबहादुर बोहोराको शव कल्पना मुडभरी पौडेलले हत्यापछि फ्यालेको प्रहरीले जनाएको छ । हत्याअघि उनले रक्सीमा पाँच वटा स्लिपिङ ट्याब्लेट हालेर खुवाइ संवेदनशिल अंगमा हतौडा हानेर हत्या गरेको स्वीकारेको पनि प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा त्यो दिन कल्पनाको डेरामा गएका थिए । रक्सी र स्लिपिङ ट्याब्लेटले लठ्ठिएपछि कल्पनाले पहिला अण्डकोषमा हतौडाले प्रहार गरेकी थिइन् । त्यसपछि सलले घाँटी कसेकी थिइन् ।

प्रहरीका अनुसार बोहोराको मृत्युपछि उनले घाँटी र खुट्टा छिनाएकी थिइन्। शरीरलाई सुटकेशमा र टाउको र खुट्टा जेब्रा झोलामा हालेर उनले डेरा नजिक खाली जग्गामा राखेकी थिइन् ।

बोहोरा र उनीबीच अन्तरंग सम्बन्ध रहेको, बोहोराले आफ्नो नाङ्गो फोटो फेसबुकमा हाल्न थालेपछि हत्या गरेको बयान उनले दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोमबार उनीसहित १५ वर्षीया छोरीलाई पक्राउ गरी चितवनको टाँडीबाट काठमाडौं ल्याएको थियो । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ थियो । तर, उनले हत्या र शव व्यवस्थापन आफैँले गरेको प्रहरीलाई बताएकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here