ललितपुर, बिहिबार, ८ जेठ २०७७ । गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो ।

गोदावरी नगरपालिकाकाद्वारा जारी गरिएको सूचनामा कालिमाटी, बल्खु र बानेश्वरबाट आउने फलफूल तथा तरकारी ल्याइ व्यापारीले बिक्री वितरण गरेको पाइएमा कडाभन्दा कडा कारवाही गरिने उल्लेख गरिएको छ ।

त्यसैगरी, सूचनामा नगरपालिकाका सबै वडामा अत्यावश्यक खाद्यवस्तु बिक्री वितरणका लागि बिहान ५ देखि ११ बजेसम्म मात्र पसल खुला गर्नसमेत व्यवसायीमा अपिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here