May 18, 2024
गोदावरी

गोदावरी उपत्यका अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिताको तयारी तीब्र

ललितपुर, बिहिबार, ६ वैशाख २०८१ । गोदावरी नगरपालिकाले प्रथम उपत्यकाव्यापी अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिताको तयारी तीव्र पारेको छ ।

गोदावरी नगरपालिकाले अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिताका लागि पालिकाबाट खेलाडी छनोट भई समूह निर्माणको काम भइरहेको गोदावरी नगरपालिका वडा नं. १४ का वडाअध्यक्ष एवं खेलकुद संयोजक निरोज बज्राचार्यले जानकारी दिए ।

नगरप्रमुख गजेन्द्र महर्जनले खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गरेको बताए । उनले भने, ‘खेलाडी उत्पादन गर्न र खेलाडीलाई प्रोत्साहित गर्न यो कार्यक्रम आयोजना गरेका हौं ।

प्रतियोगितामा प्रथम हुनेलाई पाँच लाख, दोस्रो हुनेलाई तीन लाख नगद पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ । उत्कृष्ट हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको खेलकुद संयोजक बज्राचार्यले बताए । गोदावरी नगरपालिकाको वडा नं.१० स्थित टाखेलमा निर्माण भएको खेलमैदानमा वैशाख १५ गतेदेखि प्रतियोगिता सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *