गोदावरी, मंगलबार, १३ जेठ २०७७ । गोदावरी नगरपालिकाभित्र तथ्यांक संकलन सुरु गरिने भएको छ ।

गोदावरी नगरपालिकाले आज एक सुचना प्रकाशन गरेर आफ्ना पालिकाभित्र स्थायी रुपमा बसोबास भई बिदेशमा हुनु भएका आफ्ना नागरिकका बारेमा आ- आफ्ना वडाका वडा कार्यालयमा तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैकिदैं गइरहेको कोरोना भाइरस (कोभिड १९) का कारण आजको जटिल परिस्थितिमा गोदावरी नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्दै आउनु भएका र हाल रोजगारीको शिलशिलामा, अध्ययनको शिलशिलामा वा अन्य बिभिन्न कामको शिलशिलामा बिदेशमा हुनु भएका पालिका भित्रका आफ्ना नागरिकको तथ्यांक संकलन गर्न लागिएको नगर प्रमुख गजेन्द्र महर्जनले बताउनु भयो ।

बिदेशमा जानू रहनु भएका ब्यक्तिको नाम थर, ठेगाना र सम्पर्क नम्बर सहित वडा तहबाट तथ्यांक संकलन गरि बिदेशको कुन कुन ठाउँमा कति जना आफ्ना नागरिक हुनुहुन्छ भनि थाहा पाउन तथ्यांक संकलन गर्न लागिएको उहाँले बताउनु भयो । साथै, सोही तथ्यांकका आधारमा प्रत्येक वडामा क्वारेरेन्टी बनाउन तयारी गरिने उहाँले बताउनु भयो । आ-आफ्ना सम्बन्धित वडामा बिदेशमा हुनु भएका तथ्यांक उपलब्ध गराउन नगरबासीमा अनुरोध समेत गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here